कतारमा कोरोना : बढ्दै छ मृत्‍युदर, आज एकैदिन ६ जनाको मृत्‍यु

कतारमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गइरहेको छ त्यस्तै लापरवाही पनि । करिव ४०० भन्दा माथिको संख्यामा सावधानी नअपनाउनेहरु कारबाहीमा परेका खबर दिनहु आइरहेका छन् भने यता दैनिक जसो ठुलो संख्यामा कोरोना संक्रमित थपिन थालेका छन् । भ्याक्सिन लगाउने काम तिब्र रुपमा बढेपनी कोरोना कतारमा त्रासदीपूर्ण तरीकाले बढ्न थालेको छ । पछील्लो दिन मृत्‍युका खबरपनी बढीरहेका छन् ।

आज अप्रिल ६ तारिख मंगलवार मात्र कतारमा थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
आजको संक्रमण र मृत्‍युदरको तथ्यांक सन २०२१ सालकै उच्च हो ।

देशभरका प्रयोगशालामा १३ हजार ५२१ जनाको नमुना परीक्षण गर्दा ९२७ जनामा संक्रमण पुष्टि भएको छ भने ५१२ जना निको भएका छन् त्यस्तै आज थप छ ३४, ४९, ५२, ५८, ७६ र ७९ बर्षिय नागरिकको मृत्‍यु भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ ।

आज भाइरस देखिएका मध्ये ८१४ जना स्थानीय र ११३ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् । यो संगै हालसम्म कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,८५,२६१ पुगेको छ ।

आज छ जनाको मृत्‍यु भए संगै कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या ३०६ बाट ३१२ पुगेको छ भने अहिले सम्म कतारमा कोरोना भाइरस लागेर निको हुनेको संख्या १,६६,९५३ रहेको छ ।

जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेको संख्या बढ्दै गएको र पछील्लो समय बेलायत र साउथ अफ्रीका बाट सुरुभएको दोश्रो लहरका भाईरसका कारण अन्य मुलुकमा झैं कतारमा पनि संक्रमण दर पुनः उच्च हुँदै गएकाले जनस्वास्थ्यविद्हरुले बताएका छन् ।

बेलायत भेरिएन्ट पहिलाको तुलनामा तीव्र गतिमा फैलने हुँदा घातक बन्न सक्ने चेतावनी जनस्वास्थ्यविद्ले दिएका छन् । बेलायत भेरिएन्ट औसतमा अघिल्लो कोरोना भाइरसभन्दा ६० प्रतिशत तीव्र गतिमा फैलन सक्ने बेलायतमा गरिएको एक अनुसन्धानले देखाएको छ । दोस्रो लहरमा संक्रमित भएकामध्ये धेरै लक्षणविहीन छन् । धेरै संक्रमितहरुले आफुमा कोरोना कसरी देखियो अनुमान लगाउन सकेका छैनन् ।

त्यसैले कतार सरकारले गत मार्च २६ तारिख शुक्रवारबाट लागुहुने गरी केही क्षेत्रमा थप प्रतिवन्ध लगाएको थियो ।

यस्तो छ २४ घण्टा भित्रकाे तथ्यांक 

अस्पताल भर्ना हुने : २०४ जना

हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : १,६६३ जना

आईसीयुमा भर्ना हुने : ३८ जना

हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : ४२७ जना

आज सम्म जाँच भएको संख्या : १७,७३,४३१ जना

अझै १७,९९६ जनालाई  निको हुन बाँकी ।

आज खोप लगाइएको सँख्या : २६,७१२​

हालसम्म खोप लगाइएको कुल सँख्या : ९६,१५५५

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न सकिन्छ ।

सावधानी नअपनाउने ४७७ कारबाहीमा

आन्तरिक मन्त्रालयले आज सार्वजनिक स्थलमा मास्क नलगाई हिड्ने थप ३७७ जनालाई कारबाही गरेको छ । सवारीमा चार जना भन्दा बढी बस्ने तर्फ भने आज ११ जना कारबाहीमा परेका छन् भने एक जना एह्तेराज एप प्रयोग नगर्नेलाई कारबाही गरिएको मन्त्रालयले बताएको छ ।

त्यस्तै सामाजिक दूरी कायम नगर्ने ८८ जना पनि कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्नेहरुको राष्ट्रियता भने मन्त्रालयले खुलाएको छैन ।

संक्रामक रोग सम्बन्धी मन्त्रिपरिषद्को निर्णय र १९९० को कानून नं ​​१७ बमोजिम कोरोनाभाइरसको फैलावट सीमित राख्नको लागि अनिवार्य रहेको रोकथाम र सावधानीका नियम उल्लङ्घन गरेको आरोपमा अधिकारीहरूले उनिहरु लाई सार्वजनिक अभियोजनको मुद्दा चालाईएको , “मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । जारी कानून उल्लङ्घन गर्नेलाई तीन वर्षको जेल सजाय वा दुई लाख रियाल सम्मको जरिवाना हुन सक्दछ।

कोरोनाभाइरसको फैलावट रोक्न सावधानी तथा रोकथामकारी निर्णयहरूको पालना गर्न मन्त्रालयले सम्पूर्ण नागरिकलाई आग्रह गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button