नेपाली तेक्वान्दो खेलाडीहरू कतारमा

नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडीहरू कतार आइपुगेका छन्।दोहाको केज स्पोर्ट्स क्लबको निमन्त्रणामा दोस्रो कतार नेपाल मैत्रीपूर्ण तेक्वान्दो प्रशिक्षणको लागि राष्ट्रिय प्रशिक्षक रोशन खानको नेतृत्वमा ८ सदस्यीय नेपाली टिम कतार आएको हो।

कतार आउने खेलाडीहरुमा मोहम्मद मुम्ताज,मोहम्मद नासेर मिया,अजय नेपाली,उज्ज्वल श्रेष्ठ,मोहम्मद उमर खान, सुस्मित पाण्डे, जुनेद खान रहेका छन्। नेपाली टोलीले दोहामा एक महिना प्रशिक्षण लिनेछन्।

यस अघि १५ सदस्यीय टोलीले कतारमा प्रशिक्षण लिएका थिए।अहिले प्रशिक्षण बाट छनौट हुने केहि उत्कृष्ट खेलाडीहरुले कोरियामा हुने प्रतियोगितामा भाग लिने प्रशिक्षक रोशन खानले जानकारी दिनुभएको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button