यस्तो छ भोलि अस्पतालहरु खुल्ने समय तालिका

भोलि परेको राष्ट्रिय खेलकुद दिवसका दिन देशभरका अस्पतालको सेवा समय तालिका केही फेरबदल हुने भएको छ।प्राथमिक स्वास्थ्य सेवा संस्था अन्तर्गत पर्ने स्वास्थ्य सेवाहरू भोलिका लागि तोकिएको समय तालिका यस्तो छ।
दोहा भित्रका अस्पताल (बिहान ७ देखि दिउँसो २ बजे सम्म/बेलुका ४ देखि राती १० बजे सम्म)
अल रेयान, मदिनात खलीफा, उम घुवैलिना,अल बेकर सिद्दिक,लिएबैब,वेष्ट बे,मेसैमीर,रव्दत अल खैल,एयरपोर्ट, ओमर विन खत्तब हेल्थ सेन्टर।
दोहा बाहिरका हेल्थ सेन्टरहरु
अल खोर, अल शमाल हेल्थ सेन्टर बिहान ७ देखि दिउँसो २ बजे र बेलुका ४ देखि राती ११ बजे सम्म ।
अल वक्रा हेल्थ सेन्टर – बिहान ७ देखि बेलुका ११ बजे सम्म।
अल शीहानिया हेल्थ सेन्टर बिहान ७ देखि ९ बजे सम्म।
जुमैलिया – २४ सै घण्टा।
अल शीहानिया र शमाल हेल्थ सेन्टर अन्तर्गतको दन्त सेवा बिहान ७ देखि दिउँसो २ बजे सम्म।
अल खोर हेल्थ सेन्टर अन्तर्गतको दन्त सेवा बिहान ७ देखि दिउँसो २ बजे र बेलुका ४ देखि राती १० बजे सम्म।
अल वक्रा हेल्थ सेन्टर अन्तर्गतको दन्त सेवा बिहान ७ देखि दिउँसो २ बजे र बेलुका ३ देखि राती ९ बजे सम्म।
बन्द रहने हेल्थ सेन्टरहरु
उम सलाल, अल दायन्,घराफत अल रय्यान,लेघवाइरिया, अल काबन्,अल थुमामा,अल करान,अबु नख्ला हेल्थ सेन्टर।