काठमाडौँबाट पेस्तोलसहित एक सिपाही सेना प्रकाउ

काठमाडौँ, कात्तिक ११-
काठमाडौंबाट पेतस्तोलसहित एक जना सेनाका सिपाही पक्राउ परेका छन्। नागार्जुन नगरपालिका-१ रानीवनस्थित खाजाघरबाट प्रहरी वृत्त स्वयम्भूको टोलीले हिजो (शनिबार) साढे ९ बजे एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई रानीवन बस्ने २४ वर्षीय अनिल खड्का छन्। उनीबाट युएसए लेखिएको पेस्तोल बरामद भएको हो। गोली भने फेला परेको थिएन।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।