कतार एयरवेजले ‘शहीद स्मारक ए डिभिजन लिग’को स्पोन्सर गर्ने

शहीद स्मारक ए डिभिजन लिगले पहिलो पटक अन्तर्राष्ट्रिय प्रायोजक पाएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले कतार एयरवेजसँग २०७६ सालको लिगका लागि सम्झौता गरेको हो ।

एक वर्षको लागि १ करोड ७० लाख (१ लाख ५० हजार अमेरिकी डलर) रुपैयाँमा उक्त लिग सम्झौता भएको हो । प्रायोजनको रकम दुई किस्तामा उपलब्ध हुने अखिल नेपाल फुटबल संघले जनाएको छ ।

एन्फाले सबै ए डिभिजन क्लबलाई लिग तयारी खर्चवापत २० लाख रुपैयाँ दिने भएको छ । ५ जना उत्कृष्ट खेलाडीलाई यसवर्ष मोटरसाइकलको सट्टा नगद दिन लागिएको छ । उत्कृष्ट खेलाडीले अब जनही १ लाख ५० हजार रुपैयाँ पाउने एन्फाका महासचिव इन्द्रमान तुलाधरले अनलाइन खबरलाई  जानकारी दिए ।

लिगका लागि क्लबले ४ जना विदेशी खेलाडी राख्न पाउनेछन् । जसमा एक जना दक्षिण एसियाली देशको हुनुपर्नेछ । चार जना विदेशी खेलाडी एकै पटक खेलाउन पाउने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए । क्लबले १८ देखि ४५ जना खेलाडी मात्र दर्ता गराउन पाउनेछन् ।

लिगको उद्घाटन खेल मछिन्द्र र बिग्रेड ब्वाइजबीच हुनेछ । दशरथ रंगशालामा खेल हेर्न साधारण प्याराफिटमा २ सय र भीआईपी प्यारापिटका लागि ५ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button