मौसममा आजदेखि क्रमिक सुधार आउने, केही क्षेत्रमा भने वर्षाको सम्भावना

काठमाडौं,कात्तिक २०-

हाल देशभर आंशिकदेखि साधारणतया बदली रही पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेशलगायत बाग्मती र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति बागमती र गण्डकीका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यसअघि तीनवटा वायु प्रणाली एकसाथ सक्रिय हुँदा हिजोदेखि देशका धेरै ठाउँमा वर्षा भएको थियो । आजदेखि भने मौसम क्रमिक सुधार हुँदै जाने महाशाखाले जनाएको छ । पश्चिम बंगाल आसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव घट्नुका साथै पश्चिमी र स्थानीय वायु पनि कमजोर बनेपछि वर्षा थामिएको हो ।

हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button