रास्वपाको पत्रकार सम्मेलन स्थगित

काठमाडौँ, कात्तिक २८-

पार्टी सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गर्न राखिएको राष्ट्रिय स्वतन्त्र पार्टीको पत्रकार सम्मेलन स्थगित भएको छ।

रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गर्न बुधबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन राखेको थियो। कार्यवाहक प्रवक्ता मनीष झाले अर्को सूचना नआए सम्मको लागि सम्मेलन स्थगित गरिएको जानकारी दिए।

सुप्रिम सहकारी ठगी अनुसन्धानका लागि पोखराबाट मंगलबार भैरहवा पुर्‍याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग दोस्रो दिन आज पनि बयान भइरहेको छ। जिल्ला सरकारी वकिलको कार्यालय, रुपेन्देहीमा सरकारी वकिलको रोहवरमा प्रहरीले बयान लिइरहेको हो।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार दिउँसो रुपन्देही (भैरहवा)पुर्‍याइएको थियो। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा रवि लामिछानेलाई यही कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा पुर्‍याइएको थियो।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button