सार्वजनिक सवारी र अस्पताल बाहेक अन्य स्थानमा मास्क लगाउनुपर्ने नियम हट्याे

कतारमा कोभिड-१९ रोकथामका लागि अपनाउनुपर्ने सुरक्षाको नियम अन्तर्गत सार्वजनिक स्थानमा मास्क लगाउनुपर्ने नियम हटेकाे छ ।
प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खलिद बिन खलिफा बिन अब्दुलअजिज अल थानीको नेतृत्वमा आज बसेको मन्त्रीपरिषदको बैठकद्वारा बन्द सार्वजनिक स्थानमा मास्क लगाउनुपर्ने नियम हटाइएको छ ।
नियम मे २१ शनिबार देखि लागू हुनेछ ।
यद्यपि सार्वजनिक सवारी र अस्पतालमा मास्क अझै अनिवार्य गरिएको छ । त्यस्तै मोबाइलमा एह्तेराज एपको प्रयोग गर्नुपर्ने नियम पनि यथावत छ ।