भैलो खेल्दा बस दुर्घटनाः रोजगार संयोजक ताराको मृत्यु, नगरपालिकाले दियो शोक बिदा

अर्घाखाँची, कात्तिक २०-

भूमिकास्थान नगरपालिकाले आज (मंगलबार) शोक बिदा दिएको छ । अर्घाखाँची दुर्घटनामा ज्यान गुमाएकी २२ वर्षीया तारा श्रेष्ठको शोकमा नगरपालिकाले शोक बिदा दिएको हो । उनी नगरपालिकाकै कर्मचारी रहेको पाइएको छ। उनी नगरपालिकामा प्रधानमन्त्री रोजकार कार्यक्रमकी संयोजक थिइन्।

भूमिकास्थान नगरपालिका वडा नम्बर ६ घर भएकी उनी २०७९ भदौमा लिइएको परीक्षाबाट उनी रोजगार संयोजक पदमा छानिएकी थिइन्।

सन्धिखर्कबाट प्युठान गइरहेको यात्रुवाहक बस सोमबार अर्घाखाँचीको उदयठाटीमा दुर्घटना हुँदा श्रेष्ठसहित २ जनाको मृत्यु भएको थियो। सोही नगरपालिका वडा नम्बर २ की ७० वर्षीया रूनी खनालको पनि घटनामा ज्यान गएको थियो। अरू ३४ जना घाइते भएका थिए।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button