रवि लामिछानेलाई २५ दिन हिरासतमा राख्न सरकारी वकिलको माग

काठमाडौं, कात्तिक २०-

सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई २५ दिन हिरासतमा राख्न सरकारी वकिलले माग गरेका छन् । कास्की जिल्ला अदालत पोखरामा मंगलबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा सरकारी वकिलले बिदासहित २५ दिन म्याद थप गर्न प्रस्ताव गरेका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट कमला काफ्लेले बहस गरेकी थिइन् । लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । जाहेरीवालाको तर्फबाट बहस गर्दै युवराज पराजुलीले सहकारी ठगीको संगठित अपराधबाहेक लामिछाने अरू अपराधमा समेत संलग्न देखिन सक्ने भएकाले म्याद थप गर्नुपर्ने बताएका थिए ।

यसअघि दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले १८ दिन हिरासतमा राख्दा पनि अनुसन्धान नसक्नु बदनियत रहेको दाबी गरे । उनले म्याद थप गर्नु आवश्यक नभएको बताए । गोरखा मिडियाका अर्का सञ्चालक छविलाल जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले फेरि म्याद थप गर्न आवश्यक नभएको बताए । जिल्ला अदालतमा बहस सकिएको छ । पोखराको सूर्यदर्शन सहकारीको पैसा गोरखा मिडियामा लगेर हिनामिना गरेको आरोपमा उनीविरुद्ध प्रहरीले छानबिन गरिरहेको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button