‘पूर्ण बहादुरको सारङ्गी’ले पायो ‘सुपरहिट’को मान्यता

काठमाडौं, कात्तिक २०-

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’लाई क्यूएफएक्सले ‘सुपरहिट’ घोषणा गरेको छ । क्यूएफएक्सले ‘पूर्ण बहादुरको सारङ्गी’लाई आज सुपरहिट घोषणा गरेको हो ।

पछिल्लो समय क्यूएफएक्सले सुपरहिट र ब्लकबस्टर घोषणा गर्दै आएको छ । बक्सअफिस कलेक्सनका आधारमा क्यूएफएक्सले सुपरहिट र ब्लकबस्टर घोषणा गर्दै आएको छ ।

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बरालसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।

कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button