टर्की बाट सामान आउन अब दुई दिन भन्दा कम समय लाग्ने

टर्की बाट स्थलमार्ग हुँदै ईरानको बुशेहर पोर्ट (बन्दरगाह) र त्यहाँ बाट जलमार्ग हुँदै कतार सामान ओसारपसार गर्न नयाँ रुट खुलेको छ।यो रुट बाट दुई दिन भित्रमा नै हिजो दुध,फलफूल,तरकारी,अन्न लगायत खाद्यान्न समान बोकेको दुई सय ट्रक कतार आइपुगेको कतारी व्यवसायी अहमद अल खलाफ ले जानकारी दिएका छन्।

टर्की,ईरान हुँदै कतार आउन खुलेको नयाँ रुटले सामान को यातायात खर्च घटाउने भएको छ।यो मार्ग हुँदै आउँदा हवाई मार्गको तुलनामा ढुवानी खर्च लगभग ८० प्रतिशतले कम हुन आउने कतार च्याम्बरका प्रमुख मोहम्मद विन महदी अल अह बबीले बताएका छन्।
गत तीन महिना देखि साउदी प्रमुख छिमेकी राष्ट्रहरूले कुटनीतिक सम्बन्ध तोड्दै जल,स्थल र हवाई नाकाबन्दी गर्दै आईरहेको भएपनि कतारमा यसको प्रभाव न्युन छ। कतारले भने साविककै भाउ सहित सामानको अभाव हुन नदिन अनेक विकल्प खोजिरहेको छ।
अल अह बबीको अनुसार सामन्यतया हवाई मार्गबाट सामान ल्याउँदा प्रति केजी १.२ देखि१.५ डलर सम्म ढुवानी खर्च लाग्दथ्यो भने नयाँ रुटबाट प्रति केजी ०.५ डलर मात्र लाग्नेछ।
टर्की बाट समुन्द्री मार्ग हुँदै सामान आयात गर्न कम्तिमा पनि १२ दिन लाग्दछ।त्यस्तै स्थल मार्ग बाट १४ दिन लाग्ने गर्दछ।

टर्की को मर्दिन सहर बाट ईरानको बुशेहर पोर्ट को दूरी १,७०० किलोमीटर छ भने ट्रक मार्फत यो कम्तिमा २२ घण्टामा पार गर्न सकिन्छ ।त्यसपछि ईरान बाट जलमार्ग भएर सामान कतार भित्रिन जम्मा ८ घण्टा लाग्दछ।यसरी नयाँ व्यवसायी मार्ग हुँदै सामान ल्याउन २ दिन भन्दा कम समय लाग्ने भएको हो।
नयाँ मार्गले सामानको भाउ मात्र नघटाएर गुणस्तर समेत ताजा राख्न मदत गर्नेछ।