बन्द भयो एसियन टाउनस्थित खोप केन्द्र

एसियन टाउनमा रहेको कतार भ्याक्सिनेसन सेन्टर पूर्णरुपमा बन्द भएको छ ।

व्यापार र उद्योग क्षेत्रका कामदारहरुलाई कोभिड १९ खोप उपलब्ध गराउने लक्ष्य पुरा भएपछि सेन्टर गएको बिहिवार देखि बन्द भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

कतारमा राष्ट्रिय खोप अभियान सुरु भएसंगै अप्रिलमा स्थापना भएको सेन्टरले १० लाख ६० हजार भन्दा बढी खोप वितरण गरेको छ ।

“हाम्रो समुहले गरेको मेहनतले औद्योगिक क्षेत्रमा काम गर्ने अत्याधिक कामदारलाई खोप लगाउँदै स्थिती सामान्य बनाउन पाउँदा गौरव महसुस गरेका छौ “, हमाद अस्पतालका आपतकालीन चिकित्सा सल्लाहकार डाक्टर खलिद बिन अब्दुलनुरले बताएका छन् ।

तीन सय खोप स्टेशन रहेको सेन्टरमा सात सय कर्मचारीले दिनमा २५ हजार सम्म खोप वितरण गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button