जिउँदो रहेसम्म पार्टीको सभापति रवि हो: डीपी अर्याल

पोखरा, कात्तिक २५-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले अर्को सभापतिको कल्पना नरहेको बताएका हुन् ।
रविलाई छुटाउन भइरहेको विरोध प्रदर्शनका क्रममा आइतबार अर्यालले रवि लामिछाने जिउँदो रहेसम्म अर्को सभापतिको कल्पना नरहेको बताएका हुन् ।
‘म यसै मञ्चबाट भन्न चाहन्छु, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो,’ उनले भने, ‘यसमा कसले कार्यवाहक सभापति पाउँछ, पाउँदैन गौंण कुरा हो ।’ रवि हिरासतमा वा जेलमा बसे पनि सभापति नै भइरहने उनले बताएका छन् ।
जेलमै बसेर पार्टी सञ्चालन गरेको, प्रधानमन्त्रीको कुर्चीमै बसेको संसारमा धेरै उदाहरण रहेको दाबी उनले गरे । रास्वपाको कार्यवाहक सभापति कसले पाउने भन्ने चर्चा चलिरहेका बेला उनले यस्तो बताएका हुन् ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो