रौतहटका दुई जनामा कोभीड १९, नेपालमा संक्रमितको संख्या ५४ पुग्यो

रौतहटमा थप दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमित हुने वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुष छन् ।
वृन्दावन नगरपालिकाका पुरुष रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा बसेर यही बैशाख ६ गते घर फर्काइएको थियो भने देवाही गोनाहीका संक्रमित पुरुष क्वारेनटाइनमै रहेका छन् । उनिहरु दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुवैमा कोरोना संक्रमण पुष्टि भएको हो ।