अमेरिकामा राष्ट्रपतिको चुनावः ट्रम्पको लगातार अग्रता

काठमाडौं,कात्तिक २१-

अमेरिकी राष्ट्रपतीय चुनावको प्रारम्भिक मत गणनामा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले लगातार अग्रता लिएका छन् । सुरुवातीदेखि नै अगाडि रहेका उनले बुधबार बिहान १०ः१५ बजेसम्म त्यसलाई कायमै राखेका हुन् ।

ट्रम्प डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसभन्दा लगातार अगाडि देखिएका छन् । पूर्वराष्ट्रपति ट्रम्पले २३० अंक ल्याउँदा वर्तमान उपराष्ट्रपति ह्यारिसको १९२ अंक मात्र आएको छ । जितका लागि २७० अंक चाहिन्छ । मगगणनामा ट्रम्पले ५१.४ र ह्यारिसले ४७.२ मत प्राप्त गरेका छन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button