भर्जिनिया जितेसँगै ह्यारिसको पक्षमा २०० इलेक्टोरल मत, ट्रम्पको २३०

काठमाडौँ, कात्तिक २१-

१३ इलेक्टोरल मत भएको भर्जिनिया राज्यमा कमला ह्यारिसको जित हुने एसोसियट प्रेसले प्रक्षेपण गरेको छ। यससँगै ह्यारिसको इलेक्टोरल मत २०० पुग्ने छ।

डोनाल्ड ट्रम्प २३० इलेक्टोरल मतसहित अगाडि छन्। उनले स्विङ स्टेट नर्थ क्यारोलाइनाको नतिजा आफ्नो पक्षमा पारेका छन्।

संसदका दुवै सदनमा पनि रिपब्लिकन पार्टी अगाडि देखिएको छ। सिनेटमा सो पार्टीले ५० सिट आफ्नो पक्षमा पारिसकेको छ। प्रतिनिधि सभामा पनि रिपब्लिकन पार्टीले १६८ सिट जित्ने देखिएको छ।

डेमोक्र्याट पार्टीले भने सिनेटमा ४१ र प्रतिनिधि सभामा ११९ सिट जित्ने प्रक्षेपण गरिएको छ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button