कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओली अगाडि

काठमाडौँ, मंसिर १६-

कन्काई नगरपालिका–६ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारले अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार चापाकल चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओलीले १६४ मतसहित अग्रता बनाइरहेका छन् ।

नेकपा एमालेका तुलाराम बस्नेतले १ सय २५ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन् । नेपाली कांग्रेसका रामगोपाल ओलीले १ सय ४ मत ल्याएका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश बहादुर थापाले ८५ मत ल्याएका छन् । मंगोल नेसनल अर्गनाइजेसनका पदमबहादुर तामाङले ९ मत पाएका छन् । राप्रपाका नारायण प्रसाद निरौलाले ७ मत तथा जनमत पार्टीका शुकलाल राजवंशीले ३ मत ल्याएका छन् ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button