बुधबार सम्म वर्षाको सम्भावना

देशको प्राय भूभागमा आज बेलुका बाट बुधबार सम्म वर्षाको संभावना देखिएको कतार मौसम विभागले जनाएको छ। अरेबियन पेनिन्सुलामा उच्च तहको न्यून चाप प्रक्रियाको प्रभावका कारण अव्यवस्थित मौसम देखिने विभागले हिजो एक रिपोर्ट सार्वजनिक गर्दै जानकारी गराएको हो।
विभागको अनुसार बुधबार सम्म मौसम आंशिक बदली देखि पुरै बदली भई केही स्थानमा कडा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुने देखिएको छ।त्यस्तै दोहाको तापक्रम सामान्यता २५ देखि ३५ डिग्री बीच रहनेछ।विभागले यस अवधिभर समुद्री क्रियाकलाप गर्न अघि आधिकारिक सामाजिक सञ्जाल मार्फत मौसमको अपडेट लिन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो