गीतकार पौडेलको प्रदेशवासीलाई शुभकामना

गीतकार किरण पौडेलको शब्द र वरिष्ठ सङ्गीतकार गैरे सुरेशको संगित रहेको शुभकामना प्रदेश बाशी लाई बोलको गीत सार्वजनिक भएको छ । यस गितलाई भावना म्यूजिकले वजारमा ल्याएको हो ।

पहिलो नेपाल तारा दिपक लिम्वु र दोश्रो नेपाल तारा सन्तोष लामाले पहिलो पटक एउटै गीतमा स्वर दिएका छन । साथै लिम्बु र लामा लाई निशा देशार, निरा रानाभाट तथा शोभा पाण्डेले पनि स्वरमा साथ दिएका छन । ए वान म्यूजिसियन स्टुडियोमा रेकडिङ्ग भएको यस गितका एरेन्जर आमोश तामाङ्ग र रेकडिस्ट राजेश श्रेष्ठ रहेका छन् । गीतकार पौडेल र सङ्गीतकार गैरे शशस्त्र प्रहरी बल (APF) का प्रतिभावान प्रहरी अधिकृत हुन ।

​ देश संघियतामा गईसकेको अवस्थामा प्रदेशवासीलाई शुभकामना दिएर निकालिएको यो पहिलो गीत हो । यो गीतले शहर देखि गाँउ सम्मको सडक खानेपानी लगायतका विषयवस्तुहरुलाई उजागर गर्न खोजेको देखिन्छ भने विदेशिएका दाजुभाईहरुलाई समेत आफ्नै देशमा गरिखाने माहोल वनाई फिर्ता वोलाउनु पर्ने सन्देश दिन खोजेको छ । राष्ट्रिय भावनाले ओतप्रोत युक्त शब्द रहेको यो गित नेपाली साङ्गितिक आकाशमा राष्ट्रिय गीतको रुपमा चिनिने बिस्वास गर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button