कतारमा आज र भोलि सरकारी बिदा
आफ्नो संवैधानिक संशोधनको मस्यौदामा आम जनमत संग्रहमा जनताको उल्लेखनीय सहभागिता भएपछि कतारले आज र भोलि सरकारी बिदा दिएको छ ।
अमिरी दिवानले आज बिहान एक सूचना प्रकाशित गर्दै नोभेम्बर ६ र ७ तारिक आधिकारिक बिदाको घोषणा गरेको छ । कर्मचारीहरूले आइतबार, १० नोभेम्बर देखि आफ्नो काम पुनः सुरु गर्ने सूचनामा उल्लेख गरिएको छ ।
बिदा सरकारी क्षेत्र संगै निजी विद्यालयका कर्मचारीहरुमा लागू हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
27
मनपर्यो
12
खुसी लाग्यो
1
दुःख लाग्यो
1
रुन मन लाग्यो
4
हाँसो लाग्यो
4
रीस उठ्यो