आज १७५ जनामा भाइरस पुष्टि,थप १ जनाको ज्यान गयो

गएको २४ घण्टामा १७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र १९४ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये १५५ जना स्थानीय र २० जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,२६,३३९ पुगेको छ ।
भाइरसको कारण आज १ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ५,२०० जनालाई परिक्षण गरिएको थियो । कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २१६ रहेको छ र निको हुनेको संख्या १,२३,३०२ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ३९ जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ३८६ जना
आईसीयुमा भर्ना भएका – ५ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ५८ जना
आज सम्म जाँच भएको संख्या – ७,९१,४२४ जना
निको हुन बाँकीको संख्या : २,८२१ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।