आज ४१८ जनाको रिपोर्ट पोजेटिभ,थप २ जनाको मृत्यु

स्वास्थ्य मन्त्रालयले सोमबार ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र ८८४ जनालाई निको भएको जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,०४,०१६ पुगेको छ ।
भाइरसको कारण आज २ जनाको मृत्यु पनि भएको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ३,६४५ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १४९ रहेको छ र निको हुनेको संख्या १,००६२७ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/IKsimcgf4E— وزارة الصحة العامة (@MOPHQatar) July 13, 2020
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ३० जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ६१७ जना
आईसीयुमा भर्ना भएका – ४ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – १३९ जना
आज सम्म जाँच भएको संख्या – ४,१६,३२७ जना
निको हुन बाँकीको संख्या : ३,२४० जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।