आज सुपरस्टार नाइट धमाका २०१७

ईस्लाम धर्मावलम्बीहरुको महान चाड ईद अल फित्र को अवसर पारेर “सुपरस्टार नाइट धमाका २०१७” कार्यक्रम आज हुँदैछ। लालीगुराँस फाइन्डेसन चितवन नेपालको सहयोगार्थका लागि आइ बोस ग्लोबल कम्पनीको तेस्रो प्रस्तुती रहेको यस कार्यक्रममा हास्य जोडी कलाकार दिपक राज गिरी र दिपा श्री निरौला मुख्य आकर्षण रहेका छन्।

त्यस्तै कार्यक्रममा अहिलेको जल्दो बल्दो नायिका प्रियंका कार्की,चर्चित गायिका मेलिना राई का साथसाथै गायिका प्रिती आले,नृत्यकार रश्मी तामाङ्ग ,डोली सरकार,सहिमा श्रेष्ठ,मञ्जु पौडेल,स्मृति पोख्रेल,दुर्गेश थापा लगायतका थुप्रै कलाकारहरु  आफ्नो प्रतुती दिन कतार अाइसकेका छन् ।

कार्यक्रम आज बेलुका ६ बजे बाट सनैया स्थित ग्राण्ड मल पछाडी रहेको एसियन टाउन एम्फिथिएटरमा हुँदैछ। त्यस्तै कार्यक्रमको टिकट दर ३५,५५ र १०० कतारी रियाल तोकिएको छ।साथै दर्शकहरुको लागि नि:शुल्क यातायातको व्यबस्था पनि रहेको छ।

टिकट तथा थप जानकारीको लागि ५५६७१७९०,७०९९२९६९,३१३८७६९१ नम्बरहरुमा सम्पर्क गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button