कुवेतविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं, कात्तिक २२-

यूएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले दोस्रो खेलमा कुवेतविरुद्ध ब्याटिङ गर्दैछ ।

दुबईस्थित दी सेभेन्स स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ गर्न लागेको हो । पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ ।

कुवेत भने पहिलो खेलमा आयोजक यूएईसँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । खेल डबल राउण्ड रोविनका आधारमा खेलाइनेछ । त्यसपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button