कालिकामा म्याजिक र इलेक्ट्रीक स्कुटर ठक्कर खाँदा तीन जना घाइते

चितवन,कात्तिक २२-

चितवनको कालिका नगरपालिकामा म्याजिक र इलेक्ट्रीक स्कुटर एक आपसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार दिउसो कालिका नगरपालिका ५ विराटचोक स्थित भित्री सडकखण्डमा बा.प्र.०६–००१ ज ०१७१ नम्वरको म्याजिक र इलेक्ट्रीक स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटरमा सवार दुई जना र म्याजिकमा सवार एक जना घाइते भएका हुन । घाइते हुनेमा स्कुटर चालक कालिका नगरपालिका ५ बस्ने ४२ वर्षिय चण्डिका घिमिरे,पछाडि सवार ३५ वर्षिय अमृता मरहट्ठा र म्याजिकमा सवार कालिका २ बस्ने ४९ बर्षिय लिला भण्डारी रहेका छन । उनिहरुको उपचार मनकामना अस्पताल भरतपुर भइरहेको प्रहरीले जनाएको छ । अहिले उनिहरुको अवस्था मध्यम छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button