भोलि निशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

भोलि शुक्रवार निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । अल थुमामा हेल्थ सेन्टरमा बिहान ७ देखि बेलुका ३ बजे सम्म २५ सय एसियन श्रमिकका लागि शिविर संचालन हुने बताइएको छ ।

इन्डियन कम्युनिटी सेन्टर , इन्डियन डाक्टर क्लवको आयोजना तथा सार्वजनिक स्वास्थ्य मन्त्रालय , प्राइमरी हेल्थ केयर कर्पोरेसन  र हमाद मेडिकल कर्पोरेसनको संयोजकत्वमा शिविर संचालन  हुन लागेको हो ।

हिजो एक पत्रकार सम्मेलन मार्फत मेगा शिविरका लागि आयोजकले सम्पूर्ण तयारी सकिएको बताएको छ । नेपाल , भारत , बंगलादेश , श्रीलंका र पाकिस्तानका श्रमिकहरु लाई मेडिकल चेकजाँच , परामर्श , औषधी सँगै आवश्यक बिरामीलाई अस्पताल रिफर समेत गरिने व्यवस्था रहेको आयोजकले जनाएको छ ।

हमाद अस्पताल ,प्राइमरी हेल्थ सेन्टर र मन्त्रालयका गरी दुर्इ सय डाक्टरको उपस्थिति रहनेछ । त्यस्तै बिभिन्न विद्यालय बाट स्वयमसेवकले राम्रो सेवा प्रदान गर्ने बताईएको छ । टिमले चार शिफ्टमा काम गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button