ए रिङ रोडमा सार्वजनिक सवारीलाई भिन्नै लेन

सार्वजनिक निर्माण विभाग (अस्घाल) ले ए रिङरोडमा सार्वजनिक सवारी साधनको लागि लेन छुट्टाएको छ ।
एससी, आन्तरिक मन्त्रालय,यातायात मन्त्रालय र मोवासलात (कर्वा) को समन्वयमा रिङरोडको ट्राफिक व्यवस्थापन गर्न र फिफा विश्वकपको बेला सहज यातायातको सेवा दिन विभागले बस,ट्याक्सी र अधिकृत सवारीलाई लेन छुट्टयाएको जानकारी दिएको छ ।

लेन रस अबु अबौद ब्रिज देखि अल दिवान ईन्टरचेन्ज हुँदै रय्यान रोडसम्म रहेको छ । रोडमा सबै आवश्यक ट्राफिक चिन्ह,क्यामेरा र दिशात्मक संकेत राखिएको विभागले बताएको छ ।