नेपालले आज ओमानसंग मैत्रीपूर्ण खेल खेल्दै

नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल्दै छ।

असोज १५ देखि माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारी गर्न कतारमा रहेको नेपालले आज मैत्रीपूर्ण खेल खेल्न लागेको हो। खेल कतार युनिभर्सिटी फुटबल मैदानमा नेपाली समयअनुसार बेलुका ७ बजे सुरू हुनेछ।

फिफा वरीयतामा नेपालभन्दा ओमान ९० स्थान माथि छ। नेपाल १६८ औं स्थानमा रहदा ओमान ७८ औं स्थानमा छ।

ओमानसँग यसअघि नेपालले ११ खेल खेल्दा सबै खेलमा हार बेहोरेको छ। नेपालले ओमानसँग ४३ गोल खाँदा १ गोल गर्न सकेको छ।

ओमानविरुद्धको खेलमा नेपाली टिममा रोहित चन्द हुनेछैनन्। हाल व्यवसायिक खेल खेल्न इन्डोनेसिया रहेका रोहित साफ च्याम्पियनसिपका लागि भने उतैबाट माल्दिभ्स पुग्नेछन्।

नेपाली टिम कतारमा अभ्यास सकेपछि साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स जाने छ। नेपालले साफ च्याम्पियनसिपमा पहिलो खेल असोज १५ मा माल्दिभ्ससँग खेल्नेछ।

यसअघि नेपालले भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेलमा १-१ गोलको बराबरी खेलेको नेपाल दोस्रो खेलमा २-१ ले पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button