जापानी कार निर्माता कम्पनी निसानका ९ हजार कर्मचारीले गुमाउने भए जागिर

काठमाडौँ, कात्तिक २३-
जापानको कार निर्माता कम्पनी निसानले ९ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेका छन्।
विश्वव्यापी निर्माणसम्बन्धी समस्या र चीन र अमेरिकामा घट्दो बिक्रीका कारण यस्तो निर्णय गरिएको कम्पनीले जनाएको छ।
जापानी कार निर्माण कम्पनीले करिब ९ हजार कर्मचारीलाई निकाल्ने बताएको छ। विश्वव्यापी रूपमा कम्पनीको उत्पादन करिब पाँच प्रतिशतले घटेको छ।
निसानका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिडाले भने-यी परिवर्तनले कम्पनीले आफूलाई खुम्च्याउँदै भन्ने कदापि होइन। निसानले आफ्नो व्यवसाय बढाउन र यसलाई थप लचिलो बनाउन पुनर्गठन पनि सुरु गर्नेछ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो