लुसेल रंगशालामा अल अरबी र अल रय्यान बिचको खेल हुने

फिफा विश्वकप २०२२ फाइनल खेल संचालन हुने लुसेल रंगशालामा अर्को महिना घरेलुु प्रतियोगिताको एक खेल हुने तय भएको छ ।
रंगशालामा अगस्ट ११ तारिक बेलुका ७:४० बजे क्युएनबी स्टार्स लिग अन्तर्गत अल अरबी र अल रय्यान बिचको खेल हुनेछ ।
यस घरेलु प्रतियोगिताको अन्य खेल खलिफा ,एजुकेसन सिटी ,अल थुमामा,अल जनौब र अह्मद बिन अलि रंगशालामा समेत हुनेछ ।
लुसेल रंगशालाको दर्शक क्षमता ८० हजार रहेको छ । सो खेलको लागि टिकट बिक्री बारे टुंगो लागिसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो