मंगलबार बिदा दिने सरकारको घोषणा

क्युएनए
कतारको राष्ट्रिय खेलकुद दिवसको अवसरमा अमिरी दिवान (सरकार) ले बिदा दिने घोषणा गरेको छ।हिजो एक विज्ञप्ति जारी गर्दै सरकारले आउँदो मंगलबार फेब्रुअरी १३ तारिख (२७ जुमादा अल उला १४३९ ए च)को दिन सार्वजनिक बिदा दिने जनाएको हो।

यो वर्ष कतारको ७ औं राष्ट्रिय खेलकुद दिवस हो।पूर्व अमिर शेख हमाद विन अल थानी बाट जनतालाई खलकुदमा प्रेरित गर्ने उद्देश्यले सन् २०११ देखि कतारले राष्ट्रिय खेलकुद दिवस मनाउन शुरु गरेको हो।यस दिन सरकारी कार्यालय तथा निजी कम्पनीहरु बाट विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरी मनाइन्छ।कतारले हरेक वर्ष फेब्रुअरी महिनाको दोस्रो मंगलबार खेलकुद दिवस मनाउने गर्दछ।