चिकित्सक संघ चितवनको अध्यक्षमा नेपाल, वरिष्ठ उपाध्यक्षमा न्यौपाने

चितवन, कात्तिक २३-

नेपाल चिकित्सक संघ चितवनको अधिवेशनले डा.उमेश नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको वरिष्ठ उपाध्यक्षमा डा.दिपेन्द्र न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन्। उपाध्यक्षमा डा.नवराज लामिछाने, सहसचिवमा डा.बसन्त शर्मा, कोषाध्यक्षमा डा.विवेक कँडेल र सहकोषाध्यक्षमा डा.सञ्जय पौडेल पनि सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकारी डा.प्रकाश खतिवडाले जानकारी दिए।

सदस्यहरुमा डा.सुरेशकुमार दिप, डा.कृष्णप्रसाद रेग्मी, डा.पुष्पराज खनिया, डा.सुन्दर गौतम र डा.आविष्कार चापागाईं निर्वाचित भएका छन्। सचिव पदमा सर्वसम्मत हुन नसकेकाले नयाँ कार्यसमितिले आवश्यक प्रक्रिया अघि बढाउने सहमती भएको खतिवडाले बताए।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button