नयाँ संक्रमित हुनेको संख्या दुई सय भन्दा तल

गएको २४ घण्टामा १६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र १७९ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो हाल सम्मको कम संक्रमित संख्या हो । आज भाइरस देखिएका मध्ये १५९ जना स्थानीय र ९ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,१८,५७५ पुगेको छ ।
भाइरसको कारण आज पनि १ जनाको ज्यान गएको छ ।स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ४,४८१ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १९७ रहेको छ र निको हुनेको संख्या १,१५,४३० पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ३३ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ४०९ जना
आईसीयुमा भर्ना भएका – ३ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ६६ जना
आज सम्म जाँच भएको संख्या – ६,२४,६०९ जना
निको हुन बाँकीको संख्या : २,९४८ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।