नेपालका प्रधानमन्त्री ओलीले आज साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं,
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार साँझ नेपाली समय साढे ५ वजे राष्ट्रका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने पनि थापाले जानकारी दिएका छन् । त्यसअघि ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।
सरकारले लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि संविधान संशोधन प्रस्ताव समेत संसदमा दर्ता गरको अवस्था हुन राष्ट्रका नाममा हुन लागेका सम्बोधनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो