आज वर्षाको सम्भावना

आज देशको केही स्थानमा कडा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम विभागले बताएको छ ।
“गणितीय हिसाब अनुसार आज अपरान्हको समयमा स्थानीय बादल विकास हुनेछ र दक्षिण पश्चिमी भूभागमा हल्का वर्षा हुने सम्भावना रहेको छ । जुन धुलो सहितको हावाहुरीमा परिणत हुनेछ,” विभागले हिजो ट्विटमा लेखेको छ ।
Chance of local cloud development and scattered thunderstorms expected to continue tomorrow afternoon (Friday) in Southwestern areas may be accompanied with strong dust-raising wind. #Qatar pic.twitter.com/2mgJNLuVr4
— أرصاد قطر (@Qatar_Weather) September 26, 2019
;
सो समयमा हावाको गति १० हुँदै ६५ किलोमिटर प्रति घण्टा सम्म पुग्न सक्नेछ । त्यस्तै प्रत्यक्षता भने २ किलोमिटर भन्दा तल रहनेछ । सामुद्रिक गतिविधिका लागि भने कुनै सावधानी दिईएको छैन ।
दोहाको आजको उच्च तापक्रम ४० , अबु सम्राको ४२ र अल खोरको ४१ डिग्री सेल्सियस सम्म रहने विभागले जनाएको छ ।