‘नेपाल आइडल-बुगी वुगी’ ईद फेस्टिभल जून ६ तारिख बिहीवार हुने पक्का

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ कतारमा आउने ईद उल-फ़ित्र ‘नेपाल आइडल-बुगी वुगी’ ईद फेस्टिभल यही जून ६ तारिख बिहीवार हुने भएको छ ।
कार्यक्रम ईदको दोस्रो दिन हुने भनिएता पनि ईदको मिती फेरबदल भैरहने हुँदा अब ईदको तेस्रो दिन अर्थात जून ६ तारिक बिहिबार हुनेछ । यस बृहत कार्यक्रम शनैया स्थित ग्रान्ड मल एम्पिथियटरमा हुनेछ । कार्यक्रम हेर्न टिकटको मूल्य ३५,५०,६५ ,८० ,१०० रियाल राखिएको छ ।

कार्यक्रममा प्रस्तुती दिन नेपाल बाट आउने कलाकारहरु
नेपाल आइडल २ का अन्तिम ४ प्रतिस्पर्धी
रवि ओड, बिक्रम बराल ,सुमित पाठक, अस्मिता अधिकारी
बुगिवुगी २ का अन्तिम प्रतिष्पर्धी
कविता नेपाली, प्रगति पुन, सरोज मोक्तान, रबिन भुजेल
गायक
कुलेन्द्र विश्वकर्मा (सालको पात टपरी)
र्यापर समीर घिसिङ (भिटेन)
हास्य कलाकार – रमेश दुलाल (विभिन्न चरा चुरुङ्गिकोआवाज निकाल्न सक्ने रमेश दुलाल कागे)
कार्यक्रम संचालन – शोभा त्रिपाठी र बिबेक खतिवडा
कार्यक्रमको लागि निशुल्क यातायातको व्यवस्था पनि गरिएको छ ।
यातायात, टिकट तथा कार्यक्रम बारे अन्य जानकारीको लागि :
समीर केसी : 31549294
नारायण भण्डारी : 31536895
प्रकाश ढकाल : 55949593
[add_single_eventon id=”17414″ ]
नेपाल आइडल र बुगीवुगी ईद फेस्टिवलको आयोजक रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व उपसंयोजक प्रबिन गुरुङले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको र उक्त कार्यक्रम नाफा वा घाटा जे भए पनि धुर्मुस सुन्तलीले बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १० लाख सहयोग गर्ने बताउनु भएको छ ।
यसअघि पनि गुरुङले नेपाल आइडल, भ्वाइस अफ नेपाल जस्ता चर्चित कार्यक्रम गरी सक्नु भएको छ ।