विश्व बडीबिल्डिङमा नेपालकी सनमलाई रजत

काठमाडौं, कात्तिक २५-

नेपाली बडीबिल्डर सनम मूलगुठीले शनिबार माल्दिभ्समा भइरहेको १५ औं विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा शनिबार रजत पदक जितेकी छन्

उनले वुमन्स वान पिस स्वीमसुट १६५ सेन्टिमिटर विधामा दोस्रो स्थान प्राप्त गर्दै रजत जितेकी हुन् । यस विधामा १९ जनाले प्रतिस्पर्धा गरेका थिए ।

सनमले गत वर्ष काठमाडौंमै भएको ५५ औं एसियन बडीबिल्डिङ तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । उनी एसियन लेभलमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

माल्दिभ्सको अदु सिटीमा भइरहेको विश्व शारीरिक सुगठनमा शुक्रबार पनि नेपालले तीन रजत जितेको थियो । नेपालका लागि रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले रजत पदक जितेका थिए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button