कतारमा भाइरस : मृत्यु हुनेको संख्या १८० पुग्यो

स्वास्थ्य मन्त्रालयले शुक्रबार २९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र ३११ जनालाई निको भएको जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,१२,३८३ पुगेको छ ।
भाइरसको कारण आज थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा २,९३० जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १८० रहेको छ र निको हुनेको संख्या १,०९,१४२ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ४१ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ३८३ जना
आईसीयुमा भर्ना भएका – ५ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ८२ जना
आज सम्म जाँच भएको संख्या – ५,१३,९३० जना
निको हुन बाँकीको संख्या : ३,०६१ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।