बिज्ञापन

काठमाडौंको गोकर्णेश्वरमा एकै परिवारका ३ सदस्य मृत भेटिए

काठमाडौं,कात्तिक २९-

काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ स्थित गाम्चामा एकै परिवारका तीन सदस्य मृत भेटिएका छन् । मृत भेटिनेमा ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालक रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

मोक्तानका श्रीमान् कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेपछि जाँच गर्दा बन्द कोठाभित्र शव भेटिएको बताइएको छ । घटनास्थलमा प्रहरी वृत्त, बौद्ध, जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीबाट शवको मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button