सुदुरपश्चिमविरुद्ध विराटनगरले बलिङ गर्दै

काठमाडौं, मंसिर १८-
नेपाल प्रिमियर लिग (एनपीएल)मा आज हुन लागेको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सले टस जितेको छ। विराटनगरले टस जितेर पहिले बलिङ रोजेको छ ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित विराटनगर आज पहिलो जितको खोजीमा छ।
विराटनगरले आफ्नो पहिलो खेलमा अंकतालिकाको शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्सविरुद्ध आठ विकेटको हार ब्यहोरेको थियो।
सुदूरपश्चिमको भने यो पहिलो खेल हो। प्रतियोगिता अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सको सामना गर्नेछ। खेल दिउँसो १ बजे सुरु हुनेछ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो