देशभर भारी वर्षा

आज बिहान देशभर मेघगर्जन सहित भारी वर्षा भएको छ । विभागले यसअघि रिपोर्ट जारी गर्दै तल्लो चाप प्रणाली विस्तार सक्रिय हुने कारणले देशभर अस्थिर मौसममा प्रभाव परि  हप्ताको अन्त्य सम्म मौसम हल्का बदली देखि पूरा बदली भई वर्षाको सम्भावना देखिएको बताएको थियो। कडा हावाहुरी सहित मध्यम देखि भारी वर्षाको सम्भावना आज सम्म रहेको विभागले जनाएको छ । त्यस्तै अर्को हप्ता पनि वर्षाको सम्भावना देखिएको विभागले भनेको छ ।

विभागले यस अवधिभर समुन्द्रि क्रियाकलाप गर्न जानअघि विभागको आधिकारिक समाजिक सञ्जाल मार्फत अपडेट लिन आग्रह पनि गरेको छ ।

 

साधारण अवस्थामा भन्दा वर्षाको समयमा बाटोको प्रतिकृया भिन्न हुने हुदाँ सवारी दुर्घटनाको जोखिम पनि बढ्ने गर्दछ । कतारमा अर्को हप्ताको अन्तिम सम्म नै वर्षाको सम्भावना रहेको हुँदा सवारी चालकहरुले सर्तकता अपनाउनुपर्ने देखिन्छ ।सवारी चालकले अपनाउनु पर्ने सुरक्षाको उपायहरु यस्ता छन् :

१.वर्षाको समयमा सडक चिप्लो रहने हुँदा गति सिमित राख्नुहोस । बाटो संग सुहाउने गतिमा मात्र सवारी हाक्नुहोस् ।

२.साधारण अवस्थामा भन्दा चिप्लो बाटोमा ब्रेक लाग्न ३ गुणा बढी समय लाग्ने गर्दछ । त्यसैले दुई सवारी भन्दा बढीको अन्तर राख्नुहोस ।

३.वाइपरको प्रयोग गरिराख्नुहोस । सवारी भित्रको सिसामा बाफ बसेको खण्डमा ए.सी को प्रयोग गर्नुहोस ।

४.ओभरटेक र बारम्बार लेन बदल्ने काम नगर्नुहोस ।

५.पानी भरिएको ठाउँबाट सवारी नहाक्नुहोस । त्यस्तो ठाउँको गहिराई थाहा नहुने हुँदा दुर्घटनामा पर्ने सम्भावना बढी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button