कतार एयरवेजको भाडामा ४० प्रतिशत छुट

कतार एयरवेजले सन् २०१८कालागि आफ्नो पहिलो ग्लोबल सेल्स क्याम्पेन ग्लोबल ट्राभल बुटिकको घोषणा गरेको छ ।
यस योजना अन्तर्गत यात्रुले एयरवेजको क्याविन क्लासेसमा यात्रा गर्दा आकर्षक उपहार तथा छुट पाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।विश्वभरका गणतब्यमा एयरवेजका ईकोनोमी, विजनेस र फस्र्ट क्लास मार्फत यात्रा गर्दा यस सुविधाको फाइदा उठाउन सक्नेछन् । योजना अन्तर्गत छुटका साथै यात्रुले कतार एयरवेज प्रिभिलेज क्लब मार्फत १ लाख ओमाइल्स, कतार डुयूटी पि|m, कतार एयरवेज होलिडेज् तथा विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर पाउन सक्छन्
सार्वजनिक योजना अन्तर्गत ज्यानवरी ९ देखि १६ सम्म बुकिङ गर्ने यात्रुले हरेक बुकिङमा दोब्बर क्यूमाइल्स जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । यसरी बुकिङ गरिएका टिकटको अवधि भने ९ ज्यानवरी देखि १० डिसेम्बर २०१८ सम्म हुनेछ । साथै, योजना अवधिभर कतारएयरवेज डट कम मार्फत बुकिङ गर्ने उपभोक्तालाई र्याफलमा सम्मिलित गरिने छ ।