सरकारको निर्णयपछि कुलमानको प्रतिक्रिया : यो विषय गम्भीर छ

काठमाडौं, कात्तिक २६-
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विवादका सम्बन्धमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आफूलाई आइनसकेको बताएका छन् ।
‘मलाई निर्णय आइपुगेको छैन । सञ्चारमाध्यममार्फत सुनेको चाहिँ छु । निर्णय अब लिखितमा मन्त्रालयमा आएपछि यसबारेमा छलफल होला’, उनले भने।
बक्यौता नतिर्ने उद्योगहरुको लाइन प्राधिकरणले कानुन बमोजिम काटेको उल्लेख गर्दै घिसिङले अब छलफल नभईकन यसै भन्न नसकिने बताए । ‘यो गम्भीर विषय छ । पैसा नतिरेपछि हामीले निर्णय गरेको कानुनअनुसार हो । काटिएपछि जोड्नका लागि त्यहाँ सर्टेन प्रक्रिया छ, किस्तालगायतका व्यवस्था छ’, उनले भने, ‘अब जोड्नलाई प्रशासनीय कुरा भए । क्याबिनेटले निर्णय गरेपछि यसबारे छलफल होला नि त !’
आइतबार बसेको मन्त्रिपरिषद्को निर्णयले विद्युत् महसुल नतिरेर काटिएका उद्योगमा सोमबार १२ बजेभित्रै लाइन जोड्ने निर्णय गरेको थियो । यस्तै बैठकले टाइम अफ डे (टीओडी) मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णय पनि गरेको थियो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।