हमाद विमानस्थलमा रहेको ई-गेट सेवा प्रयोग गर्नुभयो ?

कतार भित्रने तथा बाहिरिने यात्रुहरुको सुविधाको निमित्त हमाद एयरपोर्टमा आन्तरिक मन्त्रालयले राखेको ई-गेट सेवा नि:शुल्क रहेको छ।

हमाद एयरपोर्ट भित्रको आगमन कक्षमा १९ तथा प्रस्थान कक्ष तर्फ १६ वटा ई-गेट यन्त्र रहेको छ । यो सेवा कुनै पुर्व दर्ता र बिना शुल्क नै प्रयोग गर्न पाइन्छ । त्यसका लागि यात्रु संग रहेको कतारी आवास परिचय पत्र(आईडी) वा राहादानी भने वैधानिक हुनुपर्नेछ ।

स्मार्ट यात्रु आयोजना अन्तर्गत पर्ने ई-गेट सेवा यहाँका प्रधानमन्त्री तथा आन्तरिक मन्त्रीले २०१६ को सुरुवात मै आयोजनाको उद्घाटन गरेका थिए। स्मार्ट यात्रु आयोजनाको मुख्य उदेश्य यात्रु आफैले काउन्टरमा हुने कर्मचारी बिना नै यस स्मार्ट मेसिनद्धारा बिना कुनै झन्झट कतार प्रवेश तथा गमनको प्रकिृया पुरा गर्नु हो ।यो सेवा प्रयोग गर्न पहिले दुई सय कतारी रियाल लाग्ने गर्दथ्यो ।

१८ वर्ष भन्दा कम उमेरको यात्रुर्ले यो सेवा प्रयोग गर्न पाउनेछैन् ।

के हो ई-गेट सेवा ?

ई-गेट सेवा विधुतिय प्रणाली बाट स्वत चल्ने एकप्रकारको मेसिन हो । विमानस्थल भित्र हुने यात्रुको चापलाई घटाउन र छिटो छरितो काम गर्न यो सेवा सुचारु गरिएको हो । यो सेवा प्रयोग गर्दा राहदानी नियन्त्रण अधिकृतद्धारा स्वीकृती लिन वा राहदानीमा प्रस्थान वा आगमनको स्ट्याम्प हान्न पहिलेको जस्तो लामो लाइनमा कुरेर बस्नुपर्ने छैन् । यसले यात्रुको कागजपत्रको गोपनियता तथा सुरक्षा  समेत राख्दछ । यो सेवा प्रयोग गर्नाले धेरै यात्रा गर्दा लगाइने स्ट्याम्प बाट राहदानीको पाना सकिने झन्झट पनि बन्द हुनेछ ।

कसरी प्रयोग गर्ने ?

१.सुरुमा मेसिनमा हुने ई रिडरमा आफ्नो परिचय पत्र वा राहादानी देखाउन पर्नेछ । त्यसले तपाईको कागजपत्र जाँच्दछ ।

२.त्यसले स्वीकृत गरेपछि यात्रुलाई अरबी वा अङग्रेजी भाषामा अगाडी बढ्न संकेत दिनेछ ।

३.पहिलो सिसाको ढोका पार गरेपछि,मेसिनले यात्रुको आँखा वा औठाछाप खिच्दछ । डाटा मिलेको खण्डमा बाहिरिने अन्तिम ढोका आफै खुल्नेछ । त्यसपछि सिधै बोर्डिङ्ग गेट वा सामान जम्मा गर्ने ठाउँमा पुग्न सकिनेछ ।

४.कुनै समस्या परेमा सम्बन्धित कर्मचारी हरेक समय त्यहाँ हुने गर्दछ।

यो सेवा पुरा गर्न दुई मिनेट भन्दा पनि कम समय लाग्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button