वैकुण्ठधामका लागि चार दिनमै रु एक करोड बढी सङ्कलन

राँझा (बाँके), कात्तिक २६-

नेपालगञ्जमा सञ्चालित वैकुण्ठधाम आध्यात्मिक महोत्सवको चार दिनमै रु एक करोड बढी सङ्कलन भएको छ ।

बाँकेको डुडुवा गाउँपालिका–५ सिधनियाघाटमा प्रस्तावित वैकुण्ठधाम निर्माणको सहयोगार्थ नेपालगञ्जमा यही कात्तिक २२ गतेदेखि महोत्सव सुरु भएको हो । महोत्सवमा पण्डित दीनबन्धु पोखरेलले कथावाचन गरिरहनुभएको छ ।

महायज्ञ सुरु भएको चार दिनमा रु एक करोड बढी नगद तथा जिन्सी सङ्कलन भएको वैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल आयोजक समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँले दाताहरुले नगद, चेक तथा जिन्सी दान गरिरहनुभएको बताउनुभयो ।

सिधनियाघाटमा दाहसंस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव आयोजना गरिएको हो । महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुने वैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल आयोजक समितिका संयोजक डा सुरेशकुमार कनोडियाले जानकारी दिनुभयो ।

बाँके तथा यस क्षेत्र आसपासका नागरिकको निधनपछि दाहसंस्कार गर्ने स्थल डुडुवा गाउँपालिका–५ मा पर्ने राप्ती नदीस्थित सिधनियाघाटमा मलामी तथा किरियापुत्रीहरुले भोग्नुपरेको समस्या र दुःखलाई दृष्टिगत गर्दै परिकल्पना गरिएको सुविधायुक्त वैकुण्ठधाम योजनालाई सार्थक बनाउन महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button