साउदीमा अलपत्र नेपाली कामदार

साउदीमा नेपाली कामदारहरु अलपत्र परेका छन्।कुटनीतिक सम्बन्ध अन्त्य गरेपश्चात साउदीले कतारी नागरिकलाई आफ्नो देश छोड्न लगाएपछि नेपाल संगै पाकिस्तान,भारत र बाङ्लादेश लगायतका एसियन राष्ट्रका कामदारहरु अलपत्र परेका हुन।
अलपत्र पर्ने कामदारहरु प्राय घरेलु,जीवजन्तु ओसारपसार गर्ने र कृषकहरु बढी रहेको छन्।आफ्नो मालिक स्वदेश फर्केपछि कामदारहरुलाई खान र बस्न समेत समस्या भईरहेको छ।साथै उनीहरु अहिले अवैधानिक रुपमा बसोबास गर्दै आईरहेको कतारको राष्ट्रिय मानव अधिकार आयोगले हालसालै एक विवरणमा उल्लेख गरेको छ।
पहिले आफ्नो मालिक संगै कतार आउने जाने गरेका उनीहरुलाई अहिले कतार फर्कन निषेध गर्नुको कारण बारे भने केही खुलाईएको छैन।
यस अघि साउदीले झण्डै १२ हजार पशुलाई पनि पैदल कतार फिर्ता पठाएको थियो।
जुन ५ देखि साउदी,युएई,बहराइन लगायतका छिमेकी राष्ट्रहरुले कतार संग सम्बन्ध विच्छेद गर्दै जल,स्थल र हवाई मार्गमा समेत नाकाबन्दी लगाउँदै आईरहेको छ।
एएफपी
