लमजुङ सेवा समाजले सांगीतिक वनभोज कार्यक्रम गर्दै

कतारमा स्थापित लमजुङ सेवा समाजले नेपालीहरूको महान चाड विजयादशमी तथा दिपावलीको अवसर पारेर शुभकामना आदानप्रदान तथा सांगीतिक वनभोज कार्यक्रम गर्ने भएको छ।

कार्यक्रममा लोकप्रिय स्थानीय कलाकारहरुका साथै नेपाल बाट आउने चर्चित लोकदोहोरी गायिका मञ्जु वि.क र भावना आचार्यको विशेष प्रस्तुती रहनेछ।
कार्यक्रम आउँदो शुक्रबार,अक्टोबर ६ तारिख शाहानिया स्थित अल दोसरी पार्कमा बिहान १० बजे बाट आयोजना हुँदैछ।त्यस्तै कार्यक्रमको टिकट दर ५० कतारी रियाल तोकिएको छ।
नि:शुल्क बस सेवा तथा कार्यक्रम वारे थप जानकारीको लागि संस्थाका अध्यक्ष विष्णु लाल श्रेष्ठ लाई ५५५७२५१३ मा सम्पर्क गर्न सकिनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो