आज २०८१ साल कात्तिक २७ गते मंगलवार, यस्तो छ तपाईको राशिफल

मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मिलनसार साथीले नै विश्वासघात गर्न सक्छन् ।

वृष ९इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० धर्मकर्ममा तथा समाज सेवामा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । कुनै कुराले अनुहारमा चमक र मनमा शान्ति मिल्नेछ । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ ।

कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । रोकिएको कामले पनि गति लिनेछ ।

सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० गरेको कार्यमा वाधा आइपर्ला । व्यक्तिगत खुसीका लागि पनि केही खर्च हुनसक्छ । स्वास्थ्य एवं खानपानमा सजगता अपनाउनु होला ।

कन्या ९टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० आज आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना र रोजगारको अवसर मिल्नेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

तुला ९रा, रि, रु, रे, रो, ता, ति, तु, ते० शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ ।

वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आकस्मिक उपहार प्राप्त हुनसक्छ ।

धनु ९ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । सानातिना बाधा आइलागे पनि समस्या समाधान हुनेछ ।

मकर ९भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, दा० आज कामको धपेडी भए पनि सफलता मिल्नेछ । प्रणयसम्बन्ध र पारिवारिक सम्बन्ध राम्रो हुनेछ । कुनै कुराले मन प्रसन्न रहनेछ ।

मीन ९दि, दु, थ, झ, ञ, दे, दो, चा, चि० मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ । (ज्योतिषाचार्य र वास्तुविद् पण्डित नारायणप्रसाद दुलाल

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button