२०७४ साल साउन १३ गते । शुक्रबार। २०१७ जुलाई महिना २८ तारिख।नाग पञ्चमी,रक्षा बन्धन।

– कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिः इश्वी सन् २०१७ जुलाई २८ तारिख। शुक्रबारनेपाली मितिः वि.सं. २०७४ साल साउन १३ गते।नाग पञ्चमी,रक्षा बन्धन।

तिथीः तिथि– पञ्चमी, ९:३२ बजेउप्रान्त षष्ठी।श्रावण शुक्लपक्ष।।  योगः शिव, १८:४४ बजेउप्रान्त सिद्ध।
नक्षत्रः उत्तरफाल्गुनी, ८:१९ बजेउप्रान्त हस्त। चन्द्रमाः कन्या राशिमा ।
दोहामा सूर्योदयः ०४:५९ बजे  र दोहामा सूर्यास्तः ६:२१ बजे हुनेछ ।

राहुकालः  १०:०० देखी १३:४०, बजेसम्म । शुभ मुहूर्त : ११:१३ देखी १२:०६ ,२०:५६ देखी २२:३६ बजे सम्म ।

थप जानकारी

यो वर्ष श्रावण शुक्ल पूर्णिमा (अरू साल जनै पूर्णिमा) का दिन चन्द्र ग्रहण लाग्दै छ। ग्रहण लाग्नुभन्दा तीन दिन अघिदेखि तीन दिन पछिसम्म सूतक लाग्ने हुँदा उक्त अवधिमा मंगलकार्य गर्न हुँदैन। चन्द्रग्रहण लागेको पूर्णिमा अशुद्ध हुने हुँदा उक्त दिन उपाकर्म, स्वाध्याय, ऋषितर्पणी, श्रावणी तथा रक्षाबन्धन गर्न मिल्दैन। यस्तो स्थितिमा उपर्युक्त कर्महरू श्रावण शुक्ल पञ्चमीमा गर्नू भन्ने शास्त्रीय नियम रहेको छ। यसर्थ यही नियमअनुसार यस वर्ष नाग पञ्चमीका दिन ऋषितर्पणी तथा रक्षाबन्धन पर्न गएको हो। श्रावणको पूर्णिमामा गरिने अन्य उत्सव, जात्रा, मेलालगायत कृत्यहरूलाई सूतकको दोष नलाग्ने हुँदा साविकमा जस्तै पूर्णिमाकै दिन गर्नुपर्दछ। उक्त पूर्णिमामा चन्द्रग्रहण नदेखिने पश्चिमा मुलुकहरूमा भने ग्रहणको दोष नलाग्ने हुँदा उपाकर्म, स्वाध्याय, ऋषितर्पणी, श्रावणी, रक्षाबन्धनलगायत सबै कर्म पूर्णिमाकै दिन गर्नुपर्दछ।

कतार को मौसम 

आजको उच्च तापक्रम ४५ डिग्री सेल्सियस, न्यूनतम तापक्रम ३० डिग्री सेल्सियस ।


विनिमय दर

कतारी रियाल १ बराबर नेपाली खरिद दर  २८ रुपैंयाँ १० पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ २६ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

हिजोको सुनको दर -भाऊ
२४ क्यारेट सुन = १५६.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४६.५० कतारी रियाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button