यू-१९ महिला विश्वकप एसिया छनोटः आज नेपाल र कुबेत भिड्दै

काठमाडौं,कात्तिक २७-

यूएईमा जारी आईसीसी यू–१९ महिला विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज (मंगलबार) नेपाल र कुबेत भिड्दैछन्। अजमानस्थित दि सेभेन स्टेडियममा हुने खेल स्थानिय समय अनुसार बिहान साढे ९ बजे सुरु हुनेछ।

नेपालले कुवेतविरुद्वको पहिलो खेलमा १ सय ८ रनको फराकिलो जित निकालेको थियो। नेपाल आजको खेलमा पनि सोही नतिजा दोहोराउने योजनामा हुनेछ। पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको नेपालले दोस्रो खेलमा भने १ सय ६ रनको जित निकालेको थियो। तेस्रो खेलमा भने नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो। चार टोली सहभागी छनोटमा हरेक टोलीले ६ खेल खेल्नेछन्। डबल लिग फम्र्याटमा हुने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू-१९ विश्वकपमा स्थान बनाउनेछन्।

एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाउनेछ। यू–१९ विश्वकप जनवरी १८ देखि फेब्रअरी २ सम्म मलेसियामा हुनेछ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button