भैरहवामा रवि पक्राउ विरोधमा आज प्रदर्शन गर्ने रास्वपाकोे तयारी

बुटवल, कात्तिक २७-

सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवामा आज गर्ने प्रदर्शन शान्तिपूर्ण र मर्यादित बनाउन आचार संहिता लागू गरेको जनाएको छ ।

सहकारी ठगी आरोप लागेका पार्टी सभापति लामिछाने पोखराबाट भैरहवा आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आज भैरहवामा प्रदर्शन गर्ने तयारीमा छ । पोखराबाट भैरहवा लैजाने भनिए पनि मौसम प्रतिकूलताका कारण रविको उडान भने हुन सकेको छैन ।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलनको अनुसन्धानका क्रममा लामिछानेसँग आजबाट सरकारी वकिलको कार्यालय भैरहवामा बयान हुँदैछ । बिहान ११ बजे बुद्धचोकस्थित लुम्बिनी गेटमा भेला भएर नारायणपथ, देवकोटाचोक हुंदै जिल्ला प्रहरी कार्यालय नजिक पुगेर सभा गर्ने तयारी गरिएको रास्वपाले जनाएको छ । फाइल तस्बिर

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button